अबिरल बर्षातका कारण अश्वारा खानेपानीमा लाखौको क्षेति (भिडियाेसिहत )

तुलसीपुर,१० भदौ

अबिरल बर्षातका कारण माथिबाट आएको पहिरो बाढीले अश्वारा खानेपानीको मुख्य पाइपलाईन बगाउदा लाखौको क्षेति भएको छ । बाढीले रिजर्भ ट्याङकी देखि करिब ११ किलोमिटर उत्तरमा रहेको गोकुलडाँडा, न्यौलीखोला, कात्तिकेमा खोलाको किनारमा विछ्याएको अन्दाजी साढे ३ सय मिटर जिआई पाइप बगाएको छ भने चेम्बर, गेटभल्वमा क्षेति पु¥याएको छ ।

जसका ११ लाख बढिको क्षेति भएको अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितका अध्यक्ष शिबहरी भण्डारीले जानकारी दिए ।यसैविच अश्वारा खानेपानी उपभोक्ता तथा सरफाई समितिले सामान्य रुपमा मर्मत गरेर खानेपानी सुचारु गरेको छ ।

प्रकाशित मिति : २०७६ भाद्र १० गते मङ्गलवार
प्रतिक्रिया