विहे गर्छु भन्दै बलात्कार गर्ने युवक रुकुममा पक्राउ

चिना बिक
रुकुम पश्चिम । बिवाह गर्छु भन्दै एक किशोरीलाई बलात्कार गरेको आरोपमा रुकुम पश्चिमवाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । चौरजहारी नगरपालिका ५ खहरेका २५ वर्षीय तेज बुढालाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बुढाले रोल्पाकी १९ वर्षीया एक किशोरीलाई विवाह गर्छु भन्दै मुसीकोटमा रहेको आफ्नै कोठामा लगेर बलात्कार गरेको उजुरीका उल्लेख छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार बुढाले युवतिलाई २ दिन सम्म कोठामा राखका थिए ।

बुढाले फेसबुकबाट परिचय गरि युवतिलाई विवाह गर्छु भन्दै कोठामा लगेको थिए ७ भदौमा भागेकी किशोरीले ८ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । उनीमाथि जिल्ला जवरजस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७६ भाद्र ९ गते सोमवार
प्रतिक्रिया