१३ जना बालश्रमिकलाई पुनस्थापना गर्ने तयारी

तुलसीपुर, ९ भदौं ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ लाई बाल श्रम मुक्त घोषणा गर्नका लागि हाल सम्म वडामा रहेका बालश्रमिकको तथ्याङ्क संकलन गरिएको छ । वडाका सबै घरधुरीमा पुगेर तथ्याङ्क संकलन गर्दा भेटिएका १३ जना बाल श्रमिकहरुलाई श्रमबाट उद्धार गरेर परिवारमा पुनस्थापना गर्ने तयारी गरिएको छ । बालवालिकालाई विद्यालय भर्ना सहित परिवारलाई आयआर्जनमा सहयोग गरिने वडा अध्यक्ष नवराज लामिछानेले जानकारी दिए ।

अभियानलाई सफल बनाउनका लागि ५७ सदस्यीय मूल समिति विभिन्न पाँच वटा उपसमिति गठन गरिएको छ । सबै उपसमितिहरुले तोकिएको जिम्वेवारी अनुसार कार्य सम्पादन गरिरहेको वडा सदस्य तथा आर्थिक व्यवस्थापन उपसमिति संयोजक युवा कराराले जानकारी दिइन् ।यसैबीच मूल समितिले वडाका सबै टोलहरुलाई बालश्रमिकको अवस्थाका बिषयमा सूचना दिन आग्रह गरेको छ । वडामा रहेका ७८ वटा टोल विकास संस्थालाई आफ्नो कार्यक्षेत्रभित्र बालश्रमिक भए÷नभएको वा कसैले श्रमिकका रुपमा पठाए÷नपठाएको सूचना दिन आह्वान गरिएको छ ।

सबै टोल विकास संस्थाका प्रतिनिधीहरु संग अन्र्तक्रिया गरेर बाल श्रम मुक्त अभियानमा सहभागी हुन आग्रह गरिएको मूल समिति सदस्य नानीमैयाँ वलीले जानकारी दिइन् । मूल समितिले यस क्षेत्रका सबै सरोकारवाला संग अन्र्तक्रिया गर्ने, बालश्रमीकको अवस्थाबारे वडाभरी अनुगमन गर्ने लगायतका कार्ययोजना तय गरेर सोही अनुरुप काम गरिरहेको प्रचारप्रसार उपसमितिका संयोजक नारायण भण्डारीले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७६ भाद्र ९ गते सोमवार
प्रतिक्रिया