रवि लामिछानेको रिहाईको माग गर्दै तुलसीपुरमा बिरोध प्रर्दशन(भिडियाे सहित)

तुलसीपुर, ९ भदौ 

टेलिभिजन प्रस्तोता रवि लामेछोनेको रिहाईको माग गर्दै तुलसीपुरमा विरोध पर्दशन गरिएको छ । उनका समर्थकले तुलसीपुर बजारमा आज विहान विरोध पर्दशन गरेका हुन् । निर्दोष रविलाई रिहा गर, दोषीलाई कारबाही गर, निश्पक्ष छाविन गर लगाएतका नार लगाउदै रविका समर्थकले तुलसीपुरका विभिन्न भागको परिक्रमा गरेर विपि चोकमा पुगी कोणसभामा परनत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्ने वक्ताले षडेन्त्रपूर्वक ढंगले रविलाई पसाईएको भन्दै तत्काल विना सर्त रिहाई गर्न माग गरे । होटेलमा राखिएका सिसी टिभि, गाएव पारिनु, मोबाईलमा खिचेको भिडियो भाइरल बनाउनु यी सबै योजना वद्ध तवरले गरिएको घटना क्रम भएको भन्दै अबिलम्ब रिहाई गर्न माग गरे । रवि थुनामा परेपछि तुलसीपुरमा पहिलो पटक विरोध पर्दशन गरिएको हो ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने र युवराज कँडेल साउन ३० गते साँझ न्यू २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका थिए भने अस्मिता कार्की कंलकीबाट पक्राउ परेकी थिइन् । तीनै जनालाई प्रहरीले चितवनमा राखेकाे छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रकाशित मिति : २०७६ भाद्र ९ गते सोमवार
प्रतिक्रिया