क्यान्सर पिडीत वलीलाई आर्थिक सहयोग

तुलसीपुर,८ भदौ । क्यान्सर पिडित विपीन वलीको उपचारको लागि आर्थिक सहयोग प्राप्त भएको छ । तुलसीपुर उपमहानगरपालीका ११ बेलटाकुरामा कृष्ण जन्माष्टमीका अवसरमा सञ्चालन गरिएको लाखे नाचमा उक्त सहयोग संकलन गरिएको हो । दुई दिन सम्म चलेको लाखे नाच तथा सांस्कृतिक कार्यक्रममा सहभागी दर्शकहरुबाट ३० हजार ३ सय ७५ रुपैया संकलन भएको मेला आयोजक समितिले जनाएको छ । उपस्थित दर्शकहरुबाट स्वतस्फ्रुत रुपमा उक्त सहयोग रकम संकलन भएको हो ।

मेला आयोजक समितिले लाखे नाच सफल पार्न सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन समेत गरेको छ । तुलसीपुर उपमहानगरपालीका १४ भोजपुर निवासि वलीको अहिले काठमाण्डौंमा उपचार भईरहेको छ । यसैविच संकलन भएको उक्त रकम आयोजक लाखे नाच समुहले उनका बुवा मेघ बहादुर वलीलाई हस्तान्तरण गरेको छ । आफ्नो पारीवारीक अवस्था कमजोर भएको र ऋण साहु गरेको पैसा उपचारमा सकिएपछि छोराको उपचारमा समस्या भएको उनका बुवा मेघ बहादुर वलीले बताएका छन । उनले लाखे नाचमा सहभागि भई सहयोग गर्ने सम्प्ुर्ण दर्शकहरुलाई धन्यवाद समेत ब्यक्त गरेका छन ।

प्रकाशित मिति : २०७६ भाद्र ८ गते आइतवार
प्रतिक्रिया