युवकमाथि घोराहीमा खुकुरी प्रहार

 

तुलसीपुर, ८ भदौ

खुकुरी प्रहार गरी घाईते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही १५ बस्ने २३ बर्षिय महेश हमाल र २२ वर्षिय राजु चौधरी रहेको प्रहरीले बताएको छ । उनीहरुले सोहि वडाका १८ वर्षिया त्रिशत्ती बतौलालाई हिजो साँझ साढे सात बजेतिर खुकुरी प्रहार गरी घाईते बनाएको प्रहरलिे बताएको छ ।

घाईते बतौलालाई राप्ती स्वास्थय विज्ञान प्रविष्ठानमा सामान्य उपचार पछि थप उपचारका लागी कोहलपुर रिफर गरिएको प्रहरीले बताएको छ । प्रहरीले खुकुरी सहित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको बतार्एको छ ।उनीहरु विच सामान्य विवाद भएपछि उक्त घटना भएको बताईएको छ ।

 

 

 

 

प्रकाशित मिति : २०७६ भाद्र ८ गते आइतवार
प्रतिक्रिया