तुलसीपुर ८ मा बृक्षारोपण तथा तारजाली वितरण

तुलसीपुर, ७ भदौ । तुलसीपुर ८ शवदाह गृह तथा हरियाली आकाशे फुलवारीमा शनिवार बृक्षारोपण तथा संरक्षणका लागी तारजाली वितरण गरीएको छ । तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ८ वडा कार्यालयको पहल तथा महालक्ष्मी विकास बैँक लिमिटेड शाखा कार्यालय तुलसिपुरको सौजन्यमा कार्यक्रम भएको हो । बृक्षारोपण कार्यक्रमका संयोजक हुमाकान्त पाण्डेको अध्यक्षतामा तथा वडा अध्यक्ष बेद पबहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको शाखा प्रवन्धक खगेन्द्र कुमार बुढाले जानकारी दिएका छन् ।
चालु आर्थिक वर्षको सुुरुवातमा सामाजिक कार्य अन्र्तगत बृक्षारोपण तथा तारजाली वितरण गरीएको प्रवन्धक बुढाले बताएका छन् ।उनका अनुसार विभिन्न प्रजातीका २५ वटा विरुवा रोपीएको छ भने ४४ हजार बरावरको २५ थान तारजाली वितरण गरीएको हो । सो अवसरमा वडा स्तरिय बाताबरण संयोजक इन्द्रजित चौधरि, बँैकका कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७६ भाद्र ७ गते शनिवार
प्रतिक्रिया