रवि लामिछानेलाई रिहाइकाे माग गर्दै राजधानीमा प्रदर्शन

काठमाडौँ । टेलिभिजनकर्मी रवि लामिछानेलाई रिहाई गर्न माग गर्दै शनिबार राजधानीको माइतीघरमा प्रदर्शन भएको छ । भ्रष्टाचार, बेथिति, अन्याय र लुटतन्त्रविरुद्ध भन्दै नेपालका लागि नेपाली नामक समूहले प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा उनीहरुले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछानेको कुनै संलग्नता नरहेको र रविलाई  साउन खोजिएको दाबी गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७६ भाद्र ७ गते शनिवार
प्रतिक्रिया