दाङमा नाच हेर्न गएका रोका पोखरीमा मृत भेटिए

तुलसीपुर, ७ भदौ
मानव निर्मित पोखरी (ड्याम)मा डुबेर दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपहानगरपालिका–१८ गिठेपानी निबासी ५० बर्षका देउचन रोका रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए । हिजो साँझ गाउँमै नाचगान हेर्न भनि घरबाट निस्कीएका रोका पानी पोखरीमा मृत अवस्थामा भेटिएका थिए । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ७ गते शनिवार
प्रतिक्रिया