अरिङ्गालको टोकाईबाट जाजरकोटमा महिलाको मृत्यु

तुलसीपुर, ६ भदौ
जाजरकोटमा अरिङ्गालको टोकाईबाट एक महिलाको ज्यान गएको छ । घाँस काट्ने क्रममा अरिङ्गालले टोकेपछि बिरामी जिल्लाको नलगाड नगरपालिका–१ निबासी ५५ बर्षकी बेलमति पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । उनको पश्चिम रुकुमको आठविसकोट स्वास्थ्य चौकीमा उपचार गर्ने क्रममा आज दिउसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख कविराज रोकायले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ भाद्र ६ गते शुक्रवार
प्रतिक्रिया