दाङका विभिन्न स्थानमा लाखे नाँच

तुलसीपुर, ६ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी दाङ सहित देशभर मनाइँदैछ ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौं गर्भका रुपमा श्रीकृष्णको जन्म भएको धर्मशास्त्रहरूमा उल्लेख छ ।आजको दिनमा विशेष गरी महिलाहरु ब्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् ।यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
यसै अवसरमा दाङका विभिन्न स्थानमा रहेका कृष्ण मन्दिरहरुमा विहानै देखी चहलपहल सुरु भएको छ । यस्तै लाखे नाँच तथा सास्कृतिक कार्यक्रमहरु भईरहेका छन् ।यता तुलसीपुर ११ बेलटाकुरामा लाखे नाँच तथा सास्कृतिक कार्यक्रम भईरहेको छ ।यस्तै उता तुलसीपुर ३ रानागाउँमा पनि लाखे नाँच संरक्षण समितिको आयोजनामा लाखे नाँच तथा रोपाई जात्रा र लाखे उत्सव कार्यक्रम भईरहेको छ । यस्तै तुलसीपुर ८ दुधेनामा रहेको कृष्ण मन्दिरमा पनि लाखे नाँच तथा सास्कृतिक कार्यक्रम भएको बताईएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ६ गते शुक्रवार
प्रतिक्रिया