ठगी गर्ने तुलसीपुरका विकासराजलाई अनुसन्धान गर्न म्याद थप

तुलसीपुर,६ भदौ । ठगीको गरेको आरोपमा पक्राउ परेका चौधरी एग्रीकल्चर नेपाल संस्थाका विकासराज गुरुलाई अनुसन्धानका लागी अदालतले ५ दिन म्याद थप गरेको छ । प्रहरीले उनलाई गएको मंगलवार पक्राउ गरी बुधवार सार्वजनिक गरेको थियो ।

तुलसीपुर १७ बस्ने बर्ष २३ का विकासराज गुरुले घोराही ८ सेवार बस्ने रिता चौधरी सहित ६ जनालाई चौधरी एग्रीकल्चर नेपाल संस्थामा जागिर लगाई दिने प्रलोभन देखाएर एक लाख सत्र हजार एक सय रुपैया संस्थामा सेयर लगानी गर्न लगाएर रकम ठगेको प्रहरी अनुसन्धानबाट खुलेको बताईएको छ ।

 

प्रकाशित मिति : २०७६ भाद्र ६ गते शुक्रवार
प्रतिक्रिया