ब्राउन सुगरसहित दाङमा दुई जना पक्राउ

तुलसीपुर,६ भदौ । दाङमा लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१८ घर घई हाल घोराही–१४ राप्ती टोलमा बस्दै आएका ३६ वर्षीय सुमन सिंह र सोही वडाको नयाँ बजारका २८ वर्षीय विजय बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

भाडामा कोठा लिई बस्दै आएका सिंहले लागु औषधको अवैध कारोबा गरेको सूचनाको आधारमा छापा मार्दा तीन ग्राम १०३ मिलिग्राम ब्राउन सुगर र ब्राउन सुगर बिक्री गरेको सात हजार ६५० रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिएका छन। टिभीको रिमोटभित्र लुकाएर राखेको ४४ पुरिया र भिक्सको डिब्बाको पिँधमा लुकाएर राखेको १९ पुरिया ब्राउन सुगर बरामद भएको प्रवक्ता शाहले बताएका छन । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ६ गते शुक्रवार
प्रतिक्रिया