धारिलो हतियार देखाई मार्छु भन्ने पक्राउ

तुलसीपुर ५ भदौ ।धारलो हतियार देखाई मार्छु भन्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय खिलतपुरले दिएको जानकारी अनुसार बबईगाउँपालिका वडा नम्वर ५ बस्ने १७ वर्षिय कमल वलीलाई पक्राउ गरिएको हो । सोहि वडाको चन्द्र बहादुर विकलाई विहिवार दिउँसो दुई वजेतिर धारीलो हतियार देखाई हत्या गर्छु भनेको आरोपमा वलीलाई पक्राउ गरीएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार विक सामान्य घाईते समेत भएका छन् । पक्राउ वलीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ५ गते बिहिवार
प्रतिक्रिया