डिएनए परीक्षणका लागि बच्चा र आमाको नमुना काठमान्डौ लगियो

तुलसीपुर,५ भदौ

नवजात शिशुसहित हत्या गरेर झाडिमा फयाँकेएकी महिलाको डिएनए परीक्षणका लागि काठमान्डौ पठाइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । नववात शिशु सहित महिलाको हत्यागरी बनमाराको झाडीमा फालेर माथिबाट झयाँक्राले छोपेको अवस्थामा आमा र बच्चाको शव गत शनिबार तुलसीपुर उपमहागनरपालिका–८ अश्वारा स्थित रातपहरको डाँडामा फेला परेको थियो । बच्चा र आमाको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

आफन्त पनि अहिलेसम्म खोजी गर्न नआएको र मृतकको नाम र ठेगाना पनि पत्ता लाग्न नसकेकोले डिएनए परीक्षणका लागि बच्चा र आमाको नमुना संकलन गरेर विधि विज्ञान प्रयोगशाला काठमान्डौ पठाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक भिमबहादुर कार्कीले जानकारी दिए । डिएनए परीक्षण गरेर रिर्पोट राख्दा कुनै पनि बेला आफन्त खोज्दै आएमा डिएनए मिलेमा सनाखतका लागि सजीलो हुने र हत्यारा पनि पत्ता लाग्ने निमित्त प्रमुख कार्कीले बताए । डिएनए परीक्षणबाट कोबाट गर्भ रहन गएको हो भन्ने कुरा पनि पत्ता लाग्ने प्रहरीले बताएको छ । अबैध सम्बन्धबाट गर्भ रहेकाले उपराध लुकाउन या छोरी जन्मेकाले वावुले पनि हत्या गरेको हुनसक्ने प्रहरीले आसंका गरेको छ ।

 

प्रकाशित मिति : २०७६ भाद्र ५ गते बिहिवार
प्रतिक्रिया