दाङका विभिन्न तिन स्थानमा तिनको मुत्यु

तुलसीपुर, ५ भदौ । दाङ विभिन्न स्थानमा भएको छुट्टाछुटै घटनामा परि तिन जनाको मुत्यु भएको छ । जिल्लाको गढवा गाउँपालिका वडा नम्वर १ पत्रिङगा स्थित एक उद्योथमा वल्डिङ गर्ने क्रममा करेन्ट लागेर रोल्पा सुनछहरी गाउँपालिका वडा नम्वर ३ बस्ने अन्दाजी ३० वर्षिय नर बहादुर बुढा मगरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बुधवार दिउँसो तिन बजेतिर करेन्ट लागेर गम्भिर घाईते भएका बुढाको लमही अस्पतालमा उपचारको क्रममा बेलुकी पाँच बजेतिर मुत्यु भएको हो । यस्तै तुलसीपुरमा कुलोले बगाउँदा एक बालकको मुत्यु भएको छ ।

तुलसीपुुर वडा नम्वर १७ बनकट्टी निवासी राधिका चौधरीका छोरा बर्ष दुईका रिजन चौधरीको कुलोले बगाउँदा मुत्यु भएको प्रहरलिे बताएको छ । घर नजिकै रहेको कुलोले ती बालकलाई बगाएर झन्डै पाँच सय मिटर तल लगेको अवस्थामा फेला परेको बताईएको छ ।
यस्तै अर्जुनखोलामा एक पुरुषको शव फेला परेको छ । बुधवार दिउँसो लमही ६ स्थित अर्जुनखोलामा अन्दाजी ४५ बर्षिय पुरुषको शव फेला परेको प्रहरीले बताएको छ । उनको सनाखत हुन सकेको छैन ।

प्रकाशित मिति : २०७६ भाद्र ५ गते बिहिवार
प्रतिक्रिया