सामाजिक सुरक्षा ऐन छिटै लागु गर्नुपर्छ : अध्यक्ष श्रेष्ठ

दाङ, ४ भदौ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ५ नम्वर प्रदेश कमिटिको प्रथम अधिवेशन बुधवार देखी बुटवलमा सुरु भएको छ ।अधिवेशनले प्रदेश कमिटिको आगामी नयाँ नेतृत्व चयन गर्नेछ ।अधिवेशनको उद्घाटन जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले गरेका हुन् । अधिवेशनको उद्घाटन गदै जिफन्टका अध्यक्ष श्रेष्ठले सरकारले सामाजिक सुरक्षा ऐन जतिसक्यो छिटै लागु गर्नुपर्ने बताएका छन् ।
सामाजिक सुरक्षा ऐन लागु भएमा मजदुरहरु सुचिकृत हुनुको साथै यातायात मजदुरहरुको धेरै अधिकार सुनिश्चित हुने उनको भनाई छ । प्रदेश कमिटिका अध्यक्ष कृष्ण कडेलको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राईले कुनै पनि सवारी दुर्घटना पछि राज्यले निष्पक्ष छानविन नगरेको आरोप लगाएका छन् ।

भईपरि आउने सडक दुर्घटनामा चालकलाई दोषी देखाउने प्रबृत्ति भएकाले सत्यतथ्य र बैज्ञानिक तवरले अनुसन्धान हुर्नुपर्नेमा उनले जोड दिएका छन् । आफुहरु सधै यातायात मजदुरहरुको हक अधिकारको पक्षमा आन्दोलन गदै आएको बताउदै यस विषयमा राज्य गम्भिर नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । सो अवसरमा जिफन्टका उपाध्यक्ष कमल गौतम, जिफन्ट प्रदेश कमिटिका अध्यक्ष हरि बहादुर कार्की लगाएतले बोलेका थिए । अबिधेशनमा प्रदेश ५ का १२ जिल्लाका दुई सय वढि यातायात मजदुरहरुको उपस्थिति रहेको संगठनका महासचिव नवराज घिमिरेले जानकारी दिएका छन् । उद्घाटन सत्र समापन पछि बन्द शत्र सुरु भएको छ । कार्यक्रमको सहजीकरण प्रदेश कमिटि सचिव प्रकास बस्यालले गरेका थिए ।

प्रकाशित मिति : २०७६ भाद्र ४ गते बुधवार
प्रतिक्रिया