ठगी गरेको आरोपमा विकासराज गुरु पक्राउ

तुलसीपुर , ४ भदौ ।ठगी मुद्धामा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा तुलसीपुर १७ बस्ने बर्ष २३ का विकासराज गुरु रहेका छन् । उनले घोराही ८ सेवार बस्ने रिता चौधरी सहित ६ जनालाई चौधरी एग्रीकल्चर नेपाल संस्थामा जागिर लगाई दिने प्रलोभन देखाएर एक लाख सत्र हजार एक सय रुपैया संस्थामा सेयर लगानी गर्न लगाएको बाहानामा रकम ठगेको प्रहरी अनुसन्धानबाट खुलेको बताईएको छ । साथै विभिन्न पदमा नियुक्त गरी ठगी मुद्धामा फरार रहेका उनलाई मंगलवार साँझ घोराहीबाट पक्राउ गरिएको हो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको बताईएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ४ गते बुधवार
प्रतिक्रिया