१५ लाख भारतीय रुपैयाँसहित दाङमा ५जना पक्राउ

तुलसीपुर, ४ भदौ

अवैध भारतीय १५ लाख ८९ हजार ५ सय रुपैयाँसहित दाङमा पाँचजना पक्राउ परेका छन् । ५ किलाको पितलको बुद्धको मूर्तिमा सुनको जलप लगाएर बिक्री गरेर फर्किने क्रममा उनिहरु पक्राउ परेका हुन । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–२ प्रेमनगर बस्ने ४२ का शसे विक, सोही ठाउँका ३३ की मन कुमारी खत्री, रोल्पाको त्रीवेणी गाउँपालिका–९ डरुवा बस्ने ४३ का प्रकाश केसी, जाजरकोट बारेकोट गाउँपालिका–८ बस्ने २७ पूर्ण विक र तुलसीपुर उपमहानगरपालिका–५ बरुवागाउँ निनबासी २७ बर्षकी हिरा विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए ।

उनिहरुलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमिलियाको टोलीले पक्राउ गरेको हो । दाङ र भारतको सिमाना भैसाहीमा भारतीय नागरिकलाई सुनको बुद्धको मूर्ति भनेर विक्री गरेर फर्किने क्रममा उनिहरु पक्राउ परेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७६ भाद्र ४ गते बुधवार
प्रतिक्रिया