सांसद सुजाताको प्रश्न- आरक्षण आन्दोलनमा प्रहरीको दमन किन ?

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सांसद सुजाता परियारले आरक्षण बचाऔं आन्दोलनमा भएको प्रहरी हस्तक्षेपप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । ‘नेपालको संविधानमार्फत हामीले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प गरेका छौं ।

तर, लोकसेवा आयोगले यसविपरीत स्थानीय तहमा पदपूर्तिका लागि विज्ञापन खुलाएपछि जनजाति, महिला, दलित, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्रलगायत सरोकारवाला आन्दोलित छन् । उनीहरूले आरक्षण बचाऔं आन्दोलनका नाममा एकजुट भएर आवाज उठाइरहेका छन्’, उनले प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा भनिन्, ‘तर, न सरकारले उनीहरूको आवाज सुन्यो न त अदालत नै दाहिना भयो । संसदीय समितिको निर्देशन पनि पालना भएन ।’

उल्टै शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरिरहेको उनले बताइन् । ‘कैयन् प्रदर्शनकारी घाइते भएका छन् । के उनीहरूका लागि सरकार छैन यो देशमा ?’, उनले प्रश्न गरिन् ।’

प्रकाशित मिति : २०७६ भाद्र ४ गते बुधवार
प्रतिक्रिया