सल्यानमा चन्दा उठाउने कार्य गरेको आरोपमा तिन जना पक्राउ

तुलसीपुर, ३ भदौ । सल्यानमा झन्डा र व्यानर देखाएर चन्दा संकलन गर्ने कार्यमा संलग्न भएको आरोपमा तिन जनालाई नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ । पक्राउ पर्नेहरुमा विप्लव समुह निकट विद्यार्थी संगठनका जिल्ला सदस्यहरु बागचौर नगरपालिका वडा नम्वर ५ बस्ने १९ वर्षिय महेश कुमार विक,शारदा नगरपालिका वडा नम्वर १३ स्यानीखाल बस्ने १८ बर्षिय सुरेश भारती र व्यानर छपाई सहयोग गर्ने श्रीनगरमा केसी डिजिटल आर्टस्का सन्चालक हरि केसी रहेको प्रहरीले बताएको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नमवर ६ गडिज्युला स्थित खैरावाङ मन्दिरको गुठी जग्गा कब्जा गरिएको भनि हसिंया हतौडा अंकित राता झन्डा र एकिकृत जनक्रान्ती जिन्दावाद, बैज्ञानिक समाजबाद,मगरात स्वायत्त प्रदेश जनपरिषद सल्यान नेपाल लेखीएको व्यानर देखाउदै श्रीनगरबाट व्यापारीहरु संग चन्दा संकलन कार्यमा सलग्न भएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख विरेन्द्र शाहीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ भाद्र ३ गते मङ्गलवार
प्रतिक्रिया