कुइरेपानीमा सर्पको टोकाईबाट एकको मुत्यु

तुलसीपुर, ३ भदौ । सर्पको टोकाईबाट दाङमा एक महीलाको मुत्यु भएको छ । मुत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका २ कुईरेपानी निवासी ३१ वर्षिया बृहस्पती चौधरी रहेको प्रहरीले बताएको छ ।उनी घरमा सुतिरहेको अवस्थामा मंगलवार विहान २ वजेतिर विषालु सर्पले डसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।उनलाई उपचार लागी नेपालगन्ज तर्फ लैजादै गर्दा दिउँसो मुत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ३ गते मङ्गलवार
प्रतिक्रिया