राप्ती नदीमा बगेर वेपत्ता भएका बृद्धको शव फेला

तुलसीपुर, ३ भदौ । राप्ती नदीमा बगेर वेपत्ता भएका लमही नगरपालिका वडा नम्वर ९ तरुले बस्ने ८२ बर्षिय बृद्ध झुपलाल नेपालीको शव फेला परेको छ । गत साउन ३२ गते कोलतराबाट घर फर्किने क्रममा राप्ती नदीमा खसेर उनी बेपत्ता भएका थिए । वेपत्ता भएदेखी नै खोजी कार्य गर्ने क्रममा तिन दिन पछि मंगलवार विहान बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्वर ३ खैरेनी स्थित राप्ती नदीको विच टापुमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख विनोद विक्रम शाहले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ भाद्र ३ गते मङ्गलवार
प्रतिक्रिया