तुलसीपुर बजारमा आधा दर्जन जेव्राक्रसिङ, जान्नेले नै नियम उल्लघंन गर्छन्

लक्ष्मण विश्वकर्मा, तुलसीपुर, ३ भदौ ।भदौ १ गते आईतवार म तुलसीपुरको विरेन्द्र चोकमा पुगे । त्यहा पुग्दा अन्दाजी विहानको समय ११ वजेको थियो । सोहि चोकको उत्तरतर्फ छेउमै बसेर मैले दुई घण्टा समय विताए, अर्थात म दिउँसो १ वजे सम्म बसीराखे । त्यहा बसेर समय विताउनुको कारण थियो तुलसीपुर बजारमा सुरक्षित यात्राका लागी राखीएको जेव्राक्रसिंङ प्रयोग हुन्छ वा हुदैन ?
विरेन्द्रचोकको नजिकै उत्तर दक्षिण र पुर्व पश्चिम गरी चार दिशामा जेव्राक्रसिंङ चिन्ह राखीएको छ । त्यसपछि मैले तिनै जेव्राक्रसिंङ कति जना पैदलयात्रीले प्रयोग गर्दछन् भनेर गन्ति गर्न थाले ।विरेन्द्रको चारैदिशाबाट दुई घण्टाको अवधीमा सयौ संख्यामा पैदलयात्रुहरुको आवतजावत गर्ने क्रम भयो तर धेरै जसो नागरिकले नियमको पालना गरेको देखिएन ।कतिपय पैदलयात्रीहरुले भुलेर जेव्राक्रसिंङ नगरेको पाईयो भने कतिपयले हतार छ भन्दै नियम उल्लघंन गदै जथाभावी सडकबाटो पार गरेको दृश्य देखियो ।
तुलसीपुर बजार क्षेत्रमा सवारी साधन संगै पैदलयात्रुहरुको दिनानुदिन उत्तिकै चाप र भिडभाड हुन थालेपछि सम्भावित दुर्घटनालाई न्युनीकरण गर्नका लागी सुरक्षित यात्रा गर्नका लागी सहज हुने उद्देश्यले केहि समय अघि व्यस्त चोक र सडकको ठाउँठाउँमा जेव्राक्रसिंङ राखीएको छ ।बजार किनमेल गर्न आएका नागरिकलाई सडकबाटो पार गर्दा सहज होस् भन्ने उद्देश्यका साथ गत मंसीरमा पहिलो चरण अन्र्तगत तुलसीपुर बजार क्षेत्रको विरेन्द्र चोक, विपिचोक, मदनआश्रित चोक,बाहिनी चोक, सल्यानरोड, ग लाईन र तुलसी बोर्डिङ चोक लगाएतका ठाउँमा जेव्राक्रसिंङ राखीएको थियो ।
जुन विस्तारै मेटिदै जान थालेपछि दोस्रो पटक फेरी जेव्राक्रसिंङ बनाईएको थियो ।

यसरी पटक पटक बनाइएको जेव्राक्रसिंङको नियम पालना गर्नुको साटो वेवास्ता गदै हिडेका थिए । यसरी हेर्दा धेरै जसो नागरिकले नियमको पालना नगरेको पाईयो । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले भने नियम पालना गराउन लागी परेको बताएको छ । तुलसीपुर बजार क्षेत्रको सडकमा जेव्राक्रसिंङ बनाईसकेपछि सुरुमा लगातार दुई महिना सम्म सवारी चालक र पैदलयात्रुलाई सचेत बनाउने काम गरेको कार्यालयका प्रमुख चन्द्र केसीले बताएका छन् ।
जेव्राक्रसिंङको नियमको बारेमा दैनिक सवैलाई सचेत पार्ने गरे पनि सोचे अनुसारको प्रभावकारी हुन नसकेको उनको भनाई छ । प्रहरीले कार्यन्वयनलाई प्रभावकारी बनाउनका लागी निरन्तर काम गरे पनि पछिल्नो समयमा जेव्राक्रसिंङमा केहि ढिला सुस्ती भएको कार्यालय प्रमुख केसीले बताएका छन् ।
अहिले ५० प्रतिशत भन्दा वढि नागरिकले जेव्राक्रसिंङको नियम पालना गरेको उनले दावी गरेका छन् । प्रहरीले अन्य विषयमा पनि ध्यान दिनुपर्ने भएकाले यस विषयमा सुरुमा जति पछिल्नो समयमा ध्यान दिन नसकिएको स्वीकार गरेका छन् । पहिलो चरणमा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको पहल तथा तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा जेव्राक्रसिंङ बनाईएको थियो भने दोस्रो पटकमा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको पहल, तुलसीपुर वडा नम्वर ५ को वडा कार्यालयको समन्वय मार्फत सडक विभागले जेव्राक्रसिंङ बनाएको हो ।

जानकार व्यक्तिहरुद्धारा नै नियमको उल्लघंन
सडकमा बनाईएका जेव्राक्रसिंङको नियम पालना नगर्नेमा धेरै जसो तुलसीपुर बजार क्षेत्रका जानकार नागरिक भएको ट्राफिक प्रहरीको बुझाई छ । बाहिरी क्षेत्रबाट बजार आउने नागरिक भन्दा बजार क्षेत्रका नागरिक दैनिक धैरै पटक आवतजावत गर्ने भएपनि नियमको पालना खासै नगरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

बजार क्षेत्रका नागरिकलाई यहा जेव्राक्रसिंङ राखीएको छ भन्ने थाहा पाए पनि व्यवहारमा कार्यन्वयन गरेको बताईन्छ । बाहिरी क्षेत्रबाट तुलसीपुर बजार आउने नागरिकहरु केहिकाही मात्र आउने र उनीहरुलाई सचेत गराउन त्यति चुनौती नभएपनि बजार क्षेत्रकै नागरिकलाई बारम्वार सचेत गराए पनि व्यवहारमा प्रभावकारी कार्यान्वय हुन नसकेको ट्राफिक प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ३ गते मङ्गलवार
प्रतिक्रिया