उपमहानगरपालिकाद्धारा बच्चा र आमाको सतगत

तुलसीपुर, २ भदौ

नवजात शिशुसहित मृत अवस्थामा फेला परेकी महिलाको तुलसीपुर उपमहानगरपालिकाले सतगत गरेको छ । बच्चा र आमाको शव भेटिएको तीन दिनसम्म सनाखत नभएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले सतगतका लागि तुलसीपुर उपमहानगरपालिकाको कार्यालयलाई जिम्मा दिएको प्रहरी निरीक्षक भिमबहादुर कार्कीले जानकारी दिनुभयो । बच्चा र आमाको शव आइतबार नै पोष्टमार्टम गरिएको दुर्गन्धका कारण छिटै सतगत गर्नु पर्ने अवस्था भएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।

वनमाराको झाडीमा झ्याँक्राले छोपेको अवस्थामा नवजात शिशुसहित महिला मृत अवस्थामा फेला परेपछि प्रहरीले हत्या भएको आसंका गरेको छ । तुलसीपुर– ८ अश्वारा स्थित रातपहरको डाँडामा शनिबार दिउसो ग्वाला गएका स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले महिलाको सनाखत भएमा हत्यारा पत्ता लाग्ने दाबी गरेको छ । शव षडेको अवस्थामा फेला परेकाले सनाखत हुन नसकेको प्रहरीले बताएको छ । कालो कुर्ता, कालो प्लाजु र रातो रङको चप्पल लगाएकी महिलाको साथमा कपडा सहितको रातो व्याग र घडि पनि भेटिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र २ गते सोमवार
प्रतिक्रिया