
सल्यान, २ भदौ
सल्यानको कपुरकोट गाउँपालिकामा स्थानीय सभाको बैठकले गाउँपालिकालाइ विभिन्न विषयमा ध्यानाकर्षण बनाउने निर्णय गरेको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत वडा नम्बर ३ मा रहेको स्थानीय सभाको सोमबार बसेको बैठकले कृषिजन्य वस्तुमा लाग्दै आइरहेको कर गाउँपालिकाले हटाएकोमा प्रशंशा गर्दै अन्य विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
वडा नम्बर ३ का वडाध्यक्ष तथा स्थानिय सभाका संयोजक मिन बहादुर सेनको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाले तरकारि तथा निकासि गर्दा लाग्ने कर हटाएपनि किसानले त्यसबाटको फाइदालाइ प्रत्यक्ष अनुभुति गर्न नपाइरहेको भन्दै गाउँपालिका, कृषि उपज बजार केन्द्रलाइ ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
यस्तै गाउँपालिकावासिलाइ स्वच्छ पिउने पानीको पहुँचमा ल्याउन, सरसफाइ कार्यलाइ ब्यवस्थीत गर्न र सामुदायीक विद्यालय संचालनका लागी अभिभावकहरुले शुल्क उठाउनुपर्ने बाध्यतालाइ हटाउन गाउँपालिकालाइ ध्यानाकर्षण गराउने निर्णय भएको पारस्परिक जवाफदेहिता परियोजनाका सल्यान जिल्ला संयोजक दिपेन्द्र शाहीले जानकारि दिए ।
सोमबारको बैठकमा परियोजनाका पैरवी सल्लाहकार भोला भट्राईले स्थानीय सभा तथा साझेदारी मञ्चमा उठ्ने सवाल र स्थानीय तहले प्रदान गर्ने सेवा प्रवाहमा पारेको सकारात्मक प्रभावलाइ महत्वपूर्ण उपलब्धी मान्नुपर्ने बताएका थिए । उनले नागरिक र सरकारविच छलफल, अन्तरक्रिया तथा समन्वयलाइ निरन्तर अगाडी बढाउनुपर्ने बताए ।
बैठकमा गाउँपालिका अन्तरगत विभिन्न विषयगत शाखाका प्रमुख, नागरिक समाज, शिक्षक, विद्यार्थी, संचारकर्मी लगाएत सरोकारवालाहरुको उपस्थीती थियो । स्थानीय सभालाइ हरेक वडामा विस्तार गर्नुपर्ने कुरामा सहभागीहरुले जोड दिएका थिए । स्थानीय तहमा सुशासन र जवाफदेहिता प्रवद्र्धन गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो ।