राप्ती नदीमा वेपत्ता भएका बृद्धको खोजी कार्य जारी

तुलसीपुर, १ भदौ । राप्ती नदीमा बगेर वेपत्ता भएका लमही नगरपालिका वडा नम्वर ९ तरुले बस्ने ८२ वर्षिय झुपलाल नेपाली अझैसम्म पनि फेला परेका छैनन् । शनिवार दिउँसो दुई वजेतिर कोलतराबाट घर तर्फ जादै गर्दा राप्ती नदीमा खसेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । उनको खोजी कार्य जारी राखीएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ भाद्र १ गते आइतवार
प्रतिक्रिया