जनताको घरघर पुग्दै सांसद हिराचन्द्र केसी

तुलसीपुर, ३१ साउन
संघीय सांसद हिराचन्द्र केसीले विकासको दृष्टिकोणले पछि परेको पश्चिम दाङलाई केन्द्रविन्दु बनाएर जनतासंग भेटघाट गर्ने कार्यलाई तिब्रता दिएका छन् । सांसद केसीले पश्चिम दाङका जनता, पार्टीका नेता तथा कार्यकर्तासंग भेटघाट गर्ने र विकास निर्माणको बिषयमा गहन छलफल गर्ने गरेको स्वकीय सचिव सन्तोष वलीले जानकारी दिए ।

उनले अघिल्लो बर्ष संसद पूर्वाधार विकास क्षेत्र अन्र्तगत आएको तीन करोड रकम मध्य बढी बजेट पश्चिम दाङमा सिंचाई, सडक, पर्यटन, खानेपानी लगाएतका पूर्वाधार विकासमा लगाएका थिए । यसै बिच जनताको घरदैलोमा पुगेका सांसद केसीलाई शान्तिनगर –७ धनौरीमा जनताले विकासको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

उनिहरुले धनौरी कुलो सिचाई योजना, शान्तिनगर देखि दंगीशरण जोड्ने सडक र डिबबोरीङको माग सहितको ज्ञापन पत्र बुझाएको स्वकीय सचिव वलीले बताए । पश्चिम दाङका जनताले सांसद केसीलाई जनताको नेताको रुपमा अर्थयाएका छन् ।

 

 

प्रकाशित मिति : २०७६ साउन ३१ गते शुक्रवार
प्रतिक्रिया