धर्म प्रचार गदै हिड्ने तिन महिला सहित चार जना पक्राउ

तुलसीपुर,३१ साउन ।धर्मप्रचारक गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा तिन महिला र एक पुरुष रहेका छन्। सल्यान जिल्लाको सारदा नगरपालिका १ शान्तीनगरमा जवरजस्ती धर्म प्रचार गदै हिडेको भन्ने सुचनाको आधारमा गएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा बस्ने तुल बहादुर परियार, सोहि ठाउँ निवासी रुपा सोनाम, घोराही उपमहानगरपालिका १५ निवासी चन्द्रकली रावत र रोल्पा नगरपालिका वडा नम्वर ६ निवासी भिम कु्मारी विकलाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरुको साथबाट बाईबल सम्वन्धिको एक थान किताव सहित धर्म प्रचारका विभिन्न सामग्रीहरु समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०७६ साउन ३१ गते शुक्रवार
प्रतिक्रिया