मुख्यमन्त्रीलाई लक्षित गरी फेरि बम विस्फोट

कालिकोट । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहका कार्यकर्ताले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरी बिहिबार बिहान १० बजे रास्कोटमा फेरि दुई वटा वम विस्फोट गरेका छन् ।

मुख्यमन्त्री शाहीको गृहस्थान कोटिलागाँउबाट रास्कोटको एक कार्यक्रमको उद्घाटन गर्न हिँडेका शाहीलगायत कर्णाली प्रदेश सदस्य कुर्मराज शाहीलाई लक्षित गरी रास्कोटको कृर्षि जेटिय कलेज नजिकै वम विस्फोट गराएका हुन् । तिन सय मिटरको दुरिमा वम विस्फोट गरेको प्रहरिले जनाएको छ ।

मुख्यमन्त्री शाहीलाई लक्षित गरी विप्लव समुहका कार्यकर्ताले दिन दिनै वम विस्फोट गदै आएका छन् । हिजो मात्र पचाल झरना गाउँपालिकाको एक कार्यक्रममा सम्धबाेनको बेला दुई वटा वम विस्फोट गराएका थिए । सुरक्षा मजबुत रहेपनि विप्लव समुहले वम विस्फोट गरिरहेका छन् । वम विस्फोटमा मानवीय क्षति भने नभएको जनाइएको छ ।

प्रकाशित मिति : २०७६ साउन ३० गते बिहिवार
प्रतिक्रिया