सरकारी र गैरसरकारी क्षेत्रका बिचमा समन्वय हुनुपर्छः मन्त्री ज्वाला

सल्यान, २९ साउन 

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सरकारी र गैरसरकारी क्षेत्रका बीचमा समन्वय हुन आबश्यक रहेको बताउनु भएको छ । गैरसरकारी क्षेत्रसंगको समन्वय र सहकार्यले राज्यको हरेक क्षेत्रमा काम गर्न सहजता हुने उहाँले बताउनुभएको हो । पछिल्लो समयमा केही स्थानिय तहहरुले गैरसरकारी संघसंस्थाहरुलाई काम गर्ने बाताबरण नदिएको भन्दै उहाँले राज्यले मान्यता दिएको संस्थालाई स्थानिय सरकारले अस्वीकार गर्न नमिल्ने बताउनुभयो ।

गैरसरकारी संस्था महासंघ सल्यान र हरप्लेस नेपाल सल्यानको आयोजनामा बुधबार सल्यान खलंगामा आयोजित नागरिक समाज संस्थाको संस्थागत सुशासन र स्वनियमन बिषयक अन्तरसंबाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री ज्वालाले गैरसरकारी संस्थाहरुलाई काम गर्न नदिनुभन्दा कुन क्षेत्रमा के काम गर्ने भनेर सहमती गर्ने तर स्थानिय सरकारले त्यसको अनुगमण गर्नुपर्ने बताउनुभयो ।

गैरसरकारी संस्था, नागरिक समाजले समाजको प्रत्यक्ष हित हुने क्षेत्रमा काम गर्ने भएकाले जनचासोका बिषयहरुलाई बिशेष प्राथामिकता दिनुपर्ने उहाँले बताउनुभयो । सल्यानमा करिब २ सय बढी सामाजिक संस्थाहरु दर्ता भएका छन् तर आधा भन्दा बढी निस्क्रिय अबस्थामा रहेका छन् । मन्त्री ज्वालाले गैरसरकारी संस्थाहरु पारदर्शी हुनुपर्ने बताउनुभयो ।

‘गैरसरकारी संस्थाहरु पारदर्शी हुनुपर्छ, सार्बजनिक सुनुवाई, संस्था नबिकरण, अधिबेशन, नियमित बैठक, साधारण सभा, सामाजिक लेखा परिक्षण जस्ता कार्यहरु नियमित रुपमा गर्नुपर्छ’ उहाँले भन्नुभयो —‘सामाजिक क्षेत्रमा काम गर्ने संस्थाहरु शुरुमा आफैँ पारदर्शी हुन आबश्यक छ ।’ उहाँले गैरसरकारी संस्थाहरु संग सहकार्य गरेर काम गर्न सरकार तयार रहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख केश बहादुर बिष्टले जनताले प्रत्यक्ष रुपमा अनुभूती गर्ने खालका कार्यक्रम सञ्चालन गर्न आबश्यक रहेको बताउनुभयो । उहाँले सामाजिक क्षेत्रमा काम गर्ने सबै संस्थाहरुलाई पारदर्शी, जवाफदेही, जिम्मेवार हुन आबश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितीका उपप्रमुख हरि प्रकाश बुढाथोकी, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक ईच्छुक शर्मा, गैसस सल्यानका पूर्बअध्यक्ष ज्ञानेश्वर केसी लगाएतले बोल्नु भएको थियो । गैसस सल्यानका अध्यक्ष दिपेन्द्र प्रकाश डिसीको अध्यक्षतामा भएको कार्यक्रममा हरप्लेसका जिल्ला अधिकृत दिपेन्द्र शाहीले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सचिब रेशम डिसीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७६ साउन २९ गते बुधवार
प्रतिक्रिया