तुलसीपुरका मेयर नालामा पसेपछि…..

तुलसीपुर, २८ साउन

तुलसीपुरको बसपार्कमा सरसफाई गरिएको छ । बसपार्कको टिकट काउन्टर वरपर फोहर थुप्रिएका कारण वातावरण नै प्रदुषित वनेको व्यापक जनगुनासो आएपछि तुलसीपुर उपमहागनरपालिकाका मेयर घनश्याम पाण्डेको नेतृत्वमा सरसफाई गरिएको हो ।
एक सय ५५औं सरसफाई अभियान अन्र्तगत बसपार्कलाई केन्द्र बनाएको सरसफाई टोलीले करिब ४ कुइन्टल फोहर व्यवस्थापन गरेको तुलसीपुर उपमहागनरपालिका सूचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिनुभयो ।

टिकट काउन्टर वरपर रहेका नाला सरसफाई गर्नुका साथै बिस्कुट, चाउचाउ, गुटखा, सुर्तिजन्य वस्तुका खोल र सडेगलेका फोहर जन्य वस्तुहरु हटाएको सूचना अधिकारी खरेलले बताउनुभयो । तुलसीपुर उपमहागनरपालिकाले पहिलो पटक भन्दै त्यहाँको टोल विकास संस्था, विभिन्न बस समितिका टिकट काउन्टर, पसलधनी र स्थानीयलाई आगामी दिनमा फोहर नगर्न सचेत गराएको छ ।

क्लिन तुलसीपुर ग्रिन तुलसीपुर अभियान अन्र्तगत एक सय ५५ र्औ हप्तामा आइपुग्दा सम्म सरसफाईको प्रभावकारिता नहुन आफैमा आश्चर्यको विषय भएको भन्दै कतिपयले मान्छेले जिम्मेवारी बोध नगरेकै कारण प्रत्यक हप्ता गरिने सरसफाई अभियानलाई समेत चुनौति थपिएको बताएका थिए ।
सरसफाई अभियानमा तुलसीपुर उद्योग वाणिज्य संघ,तुलसीपुर नगर जेसिज, रोटरी क्लव, रोट्रयाक्ट क्लव, लायन्स क्लव, भुतपूर्व प्रहरी संगठन, पतञ्जली योग समिति, १९ नम्बर बाहिनी अड्डा तुलसीपुर, ओमशान्ति, जेष्ठ नागरिक लगायतको सहभागिता रहेको थियो ।

 

 

प्रकाशित मिति : २०७६ साउन २८ गते मङ्गलवार
प्रतिक्रिया