ठूला मिडियाबाट श्रमजिवी आन्दोलन शुरु हुन्छ –आचार्य

शरद रेग्मी
दाङ २७ श्रावण । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजिवि पत्रकारहरुलाई हक अधिकार दिलाउनका लागी आन्दोलन गर्ने चेतावनि दिएका छन् । रिपोटर्स क्लव नेपाल दाङले आज सोमबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले श्रमजिवि पत्रकारहरुलाई न्युनतम पारिश्रमिक , नियुक्ति पत्र दिलाउनका लागी आन्दोलन शुरु गर्ने चेतावनि दिए । उहाँले श्रमजिवि पत्रकारहरुलाई हक अधिकार दिलाउनका लागी ठुला मिडिया हाउसबाट आन्दोलन शुरु गर्ने बताए ।

रिपोटर्स क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले महासंघले थालेको आन्दोलका कारण सरकार पछि हटेको दावि गरे ।  कार्यक्रमको संचालन रिपोटर्स क्लव नेपाल दाङका महासचिव बिमल गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०७६ साउन २७ गते सोमवार
प्रतिक्रिया