प्युठानमा सदस्यदेखि मेयरसम्म ५देखि ५० हजारसम्म चन्दा

तुलसीपुर, २७ साउन
विप्लव समूहको नेपाल कम्युनष्टि पार्टीले प्युठानमा चन्दा आतंक मच्चाएको गुनासो आएको छ । प्रहरी स्रोतका अनुसार सहयोगका नाममा विप्लव समूहले पाँच हजारदेखि ५० हजार रुपैयाँसम्म मागेको बुझिएको छ । सो समूहले वडा सदस्यलाई ५ हजार, वडाध्यक्षलाई १० हजार, गाउँपालिकाका उपाध्यक्षलाई २५ हजार, अध्यक्षलाई ३० हजार, नगरपालिका उपमेयरलाई ३५ र नगर प्रमुखलाई ५० तोकेको प्रहरी विश्वस्त स्रोतले बताएको छ । यता आधिकारीक रुपमा जानकारी नआएको जिल्ला प्युठानका प्रहरी प्रमुख निर्मल बुढाथोकीले जानकारी दिए । यद्यपी अनुसन्धान भने सुरु भइरहेको प्रहरी प्रमुख बढाथोकीले बताए ।

 

प्रकाशित मिति : २०७६ साउन २७ गते सोमवार
प्रतिक्रिया