वडा कार्यालयमा बम विष्फोट, स्थानीय सरकार विप्लवको निशानामा

तुलसीपुर, २७ साउन

विप्पलव समूहको नेपाल कम्युनिष्ट पार्टीले पछिल्लो समय स्थानीय सरकारलाई निशाना बनाउन सुरु गरेको छ । आइतबार दाङ र कपिलवस्तुको गाउपालिकाका गाडीमा आगजनी गरेको विप्पलव समूहले आज विहान विर्तामोडमा रहेको वडा कार्यालयमा एक विहानै बम विष्पोट गराएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान साढे ४ बजे बम विष्फोट गराइएको हो । प्रहरी निरीक्षक सुनिल श्रेष्ठका अनासार बिस्फोटबाट भित भत्कीएको छ भने कार्यालयको झ्याल र कुर्सी दराजमा क्षेति पुगको छ । विप्पलव माओवादीले घटनाको जिम्मा नलिएपनि प्रहरीले भने विप्लवले नै विष्पोट गराएको दाबी गरेको छ । सो समूहले मायादेवी गाऊपालिकाको लु १ झ ४०० नम्वरको स्कारपीयो र दाङ बंगलाचुली गाउँपालिकाको रा १ झ १५२ नम्बरको गाडी जलाएका थिए।

प्रकाशित मिति : २०७६ साउन २७ गते सोमवार
प्रतिक्रिया