युवा दिवसका अवसरमा विरामीलाई फलफुल वितरण

तुलसीपुर, २७ साउन । आज अगस्त १२ तारिख अर्थात अन्र्तराष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘शिक्षामा रुपान्तरण’ भन्ने नारा अन्तरराष्ट्रिय रूपमा भए पनि नेपालमा भने ‘उद्यमशीलता र नव प्रवर्तन’ भन्ने नारासहित युवा तथा खेलकुद् मन्त्रालय, राष्ट्रिय युवा परिषद्को आयोजनामा सरकारी स्तरमा बिभिन्न कार्यक्रम तय गरिएको छ । दिवसका अवसरमा सोमवार विहान राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका विरामीहरुलाई फलफुल वितरण गरीएको छ ।

नमुना युवा संसद नेपाल तुलसीपुर दाङको आयोजना तथा जिल्ला युवा परिषद समिति र नयाँ पाईला पुनस्थापना तुलसीपुरको सहकार्यमा फलफुल वितरण गरिएको हो । अस्पतालका २८ जना विरामीहरुलाई फलफुल वितरण गरिएको हो । तुलसीपुरका नमुना राष्ट्रपति मदन भुसालको अध्यक्षतामा एवं तुलसीपुर उपमहानगरपालिका कार्यापालिका सदस्य दिपक कुमालको विशेष उपस्थितिमा कार्यक्रम भएको हो ।तुलसीपुरका नमुना प्रधानमन्त्री टेकराज केसीको स्वागत मन्तव्यबाट कार्यक्रमको सुरुवात भएको थियो । यसैविच सोहि अवसरमा दंगीशरण गाउँपालिकाका नमुना प्रधानमन्त्री सि.एम विश्वकर्माले पनि आफनो जन्म दिन परेको भन्दै विरामीलाई फलफुल वितरण गरेका थिए ।

प्रकाशित मिति : २०७६ साउन २७ गते सोमवार
प्रतिक्रिया