धार्दिङ बस दुर्घटना : आठ जनाको मात्रै सनाखत

धार्दिङ, २६ साउन । धार्दिङको बेनिघाट रोराङ गाउँपालिका सलाङघाट नजिकै त्रिशूलीमा बस खस्दा ज्यान गुमाउनेहरुमध्ये अहिले सम्म आठ जनाको परिचय खुलेको छ । सनाखत हुनेमा भारत सितामढी बस्ने वर्ष ३० को अजय ठाकुर, सर्लाहीका २५ वर्षका विजय कुर्मी, सर्लाहीको मलंगवा १ का सुनिल कुमार श्रीवास्तव र उनकी श्रीमती ३५ वर्षकी निमा श्रीवास्तव, मलंगवा नगरपालिका ६ का ५५ वर्षका जगरनाथ राय यादव, सर्लाहीको हरिवनका ४६ वर्षका बिनोदप्रसाद उप्रेती, महोत्तरीको बर्दिबास नगरपालिका ६ का २५ वर्षकी सरीताकुमारी महतो र उनका ६ वर्षका छोरा आशिषकुमार साह रहेको प्रहरीले जनाएको छ ।
शव फेला परेकामध्ये एक महिलाको परिचय भने खुल्न बाँकी रहेको धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो । दुर्घटनामा परेर हराइरहेकाको शनिबार पनि दिनभर खोजी गरिएको थियो । धादिङ, गोरखा, चितवन र नवलपरासीका सम्भावित ठाउँमा सेना, प्रहरी, स्थानीय बासिन्दा र गोताखोर सहितको टोलीले दिनभर नै खोजी गरेपनि कसैलाई नभेटाएको एसपी बैदवारले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६ साउन २६ गते आइतवार
प्रतिक्रिया