तुलसीपुर जेसिजद्धारा गमला हस्तान्तरण

तुलसीपुर, २५ साउन

सामुदायिक वन दिवसका अवसरमा तुलसीपुर नगर जेसिजले तुलसीपुर– ८ स्थित राधाकृष्ण मन्दिर परिसरमा निर्माणाधिन ग्रिण पार्कलाई गमला हस्तान्तरण गरेको छ । जेसिजले विभिन्न प्रजातिका फूलहरु रोपेको गमलाहरु हस्तान्तरण गरेको हो । त्यसैगरी त्यस क्षेत्रमा वृक्षारोपण पनि गरिएको छ । जेसिजको तर्फबाट अध्यक्ष मेघराज घिमिरेले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शोभाकर सापकोटा सहितको कार्य समितिलाई हस्तान्तराण गरेको जेसि बिमल वलिले जानकारी दिए । त्यसैगरी अथितीको सत्कारका लागि स्वागत बोर्ड समेत राखिको छ ।

 

प्रकाशित मिति : २०७६ साउन २५ गते शनिवार
प्रतिक्रिया