दाङ घोषणा पत्र जारी गर्दै पत्रकार महासंङकाे गोष्ठि सम्पन्न

तुलसीपुर, २५ साउन ।नेपाल पत्रकार महासंघको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङ शाखाको समन्वयमा शुक्रवार देखी घोराहीमा सुरु भएको प्रदेश स्तरिय दुई दिने कार्यशाला गोष्ठिले दाङ घोषणा पत्र जारी गरेको छ । पत्रकार महासंघको बर्तमान भुमिका र अवको कार्यदिशा विषयक कार्याशाला गोष्ठिको आयोजना गरीएको थियो । दुई सम्म सन्चालन भएको गोष्ठिबाट दाङ घोषणा पत्र जारी गदै शनिवार समापन गरिएको छ ।
जारी गरिएको घोषणा पत्र यस प्रकारको छ –

                                पत्रकार महासंघको वर्तमान भूमिका र अवको कार्यदिशा
                                                दाङ घोषणा पत्र– २०७६
१. पत्रकार आचारसंहिता प्रति प्रतिवद्ध रहन सवै पत्रकारलाई आग्रह गर्दै स्वनियममा रहन र पत्रकारितालाई मर्यादित र व्यवसायीक वनाउन सम्पूर्ण सञ्चार माध्यम र सञ्चारकर्मीमा यो भेला आग्रह गर्दछ । पत्रकारितामा क्रियाशिल नभएर अन्य पेशा, व्यवसायमा सक्रिय नेपाल पत्रकार महासंघका साधारण सदस्यहरुलाई महासंघको सदस्यता त्याग गर्ने स्वघोषणा गरि शुद्धिकरण अभियानमा सहयोग पु¥याउन सबैमा यो भेला हार्दिक आग्रह गर्दछ ।
२. प्रेस स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र सूचनाको हक लागु गर्ने सवालमा सबै पक्ष प्रतिवद्ध हुनुपर्ने ठहर गर्दै न्यूनतम पारिश्रमिक समयानुकुल परिमार्जन गरी लागु गर्न यो भेला माग गर्दछ ।
३. सरकारद्धारा प्रस्तावित मिडिया काउन्सिल विधेयकका कतिपय वुँदाले संविधानको प्रस्तावनमा उल्लेख पूर्ण प्रेस स्वतन्त्रताको भावना कुण्ठित हुने देखिएकोले त्यस विधेयकलाई महासंघ लगायत सरोकारवालासँग व्यापक छलफल गरी नेपाल पत्रकार महासंघसँग भएको सहमति अनुसार परिमार्जन गर्न सरकारसँग यो भेला जोडदार माग गदर्छ । साथै, प्रदेश र स्थानीय तहसम्म सञ्चार सम्बन्धी कानुनहरु बनाउन जरुरी रहेकाले यथासक्य त्यस्ता आवश्यक कानूनहरु बनाउन सम्बन्धित सबै तहहरुलाई यो सम्मेलन हार्दिक आग्रह गर्दछ । त्यस्ता कानुनहरु बनाउदा सरोकारवालासंग पर्याप्त छलफल र परामर्श गर्न भेला माग गर्दछ ।
४.स्थानीय र साना लगानीका सञ्चार माध्यमहरुलाई संरक्षण र सम्बद्र्धनका लागि आवश्यक पहलको अपिल गर्दै यो भेला समानुपातिक विज्ञापन नीति लागु गर्न र स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन सम्बन्धित सबैलाई अनुरोध गर्दछ ।
५.रेडियो नेपालले दाङवाट प्रदेश स्तरीय प्रशारण र नेपाल टेलिभिजनले बाँकेवाट प्रदेशस्तरीय प्रशारण सुरु गरेकोमा प्रशंसा गर्दै गोरखा पत्र, सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति(रासस) तथा अन्य सञ्चार माध्यमहरुलाई पनि प्रादेशिक सेवा शुरु गर्न भेला आग्रह गर्दछ ।
६. प्रेस काउन्सिल नेपालबाट हुँदै आएको पत्रपत्रिका वर्गिकरण तथा नियमन कार्य प्रदेशस्तरबाट गर्ने व्यवस्था गर्न यो भेला जोडदार माग गर्दछ । साथै प्रदेशस्तरबाटै पत्रकार परिचय पत्र वितरण र जिल्लाबाट नविकरणको व्यवस्था मिलाउन भेला माग गर्दछ साथै अनलाईनहरु जिल्लामै दर्ता तथा नविकरण तथा नियमन गर्ने संयन्त्र स्थापनाको पनि यो भेला माग गर्दछ । लोककल्याणकारी विज्ञापन शुल्क समायनुकुल वृद्धि गर्न र भुक्तानी जिल्लावाटै प्रदान गर्ने व्यवस्था मिलाउन पनि यो भेला माग गर्दछ ।
७. पत्रकारहरुको क्षमता बृद्धिका लागि प्रादेशिक स्तरमा आमसञ्चार प्रतिष्ठान अविलम्व गठन गर्न आग्रह गर्दै श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षासंगै संस्थागत विकास तथा भौतिक विकासका लागि सहुलियत प्रदान गर्ने व्यवस्थाका लागि प्रदेश सरकार र स्थानीय तहहरुलाई यो भेला आग्रह गर्दछ ।
८. विधानमा व्यवस्था भए वमोजिम नेपाल पत्रकार महासंघ प्रदेश समितिलाई प्रदान गरिएको अधिकार क्रमश कार्यान्वयनमा लैजाने वातावरण मिलाउन भेला आग्रह गर्दछ ।
९. पत्रकार महासंघलाई पूर्ण समावेशी वनाउन महिला, दलित, जनजाति, मधेशी लगायत समाजका सवै पक्षलाई समेटने गरी संख्यात्मक तथा गुणात्मक क्षमता अभिवृद्धिका कार्यक्रमहरु ल्याउन केन्द्र तथा प्रदेश समितिलाई यो भेला अनुरोध गर्दछ ।
१०.पत्रकार तथा शहीद कृष्ण सेन इच्छुकको सम्मान र सम्झनामा उहांको गृह जिल्लामा उहांको नाममा सञ्चार संग्रहालय तथा सञ्चार पार्क स्थापना गर्न र लमही तुलसीपुर सडक खण्डलाई कृष्ण सेन इच्छुक मार्ग घोषणा भइसकेकोले व्यवहारिक कार्यान्वयनमा ल्याउन सरोकारवालाा सवैमा यो भेला माग गर्दछ । सााथै सञ्चार उद्यमी देविप्रसाद धिताल लगायत विभिन्न समयमा हत्या गरिएका र पत्रकार वेपत्ता पारिएका घटनाको सत्य तथ्य छानविन गरी दोषि उपर कार्वाही गर्न यो भेला सरकारसँग जोडदार माग गर्दछ ।
११.नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा दुई दिनसम्म चलेको यो भेला भब्यरुपमा सम्पन्न गर्न सहयोग र योगदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दछ । साथै यो भेलाको न्यानो आतिथ्यताका लागि नेपाल पत्रकार महासंघ दाङ शाखालाई हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।

 

 

प्रकाशित मिति : २०७६ साउन २५ गते शनिवार
प्रतिक्रिया