वेवारिसे अवस्थामा मोटरसाईकल फेला

साउन २५

मिना खड्का

तुलसिपु्र २५ साउन
दाङमा यउटा मोटरसाईकल वेवारिसे अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ईलाका प्रहरी कार्यालय अमिलियाको वडा कार्यलयमा चेक जाँच तथा गस्ती गर्ने क्रममा उत्त मोटरसाईकल फेला परेका हो । वेवारिसे अवस्थामा प्रहरीले फेला पारेको मोटरसाईकल लिन सवारी धनी नआएकाले सम्पर्क गर्न आग्रह गरिएको छ । बा ५१ प ८५४६ नम्वरको कालो रङको पल्सर मोटरसाईकल फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मोटरसाईकल लिनका लागी प्रहरीले आवश्यक कागजपत्र सहित सम्पर्कमा आउन सवारी धनीलाई अनुरोध गरेको छ ।।

प्रकाशित मिति : २०७६ साउन २५ गते शनिवार
प्रतिक्रिया