सर्पको टोकाईबाट दाङमा दिदीबहिनीको मृत्यु

तुलसीपुर,२४ साउन
दाङको राजपुरमा सर्पको टोकाईबाट दुई दिदीबहीको मृत्यु भएको छ । राजपुर गाउँपालिका–७ भौवानाका निवासी शेरबहादुर सार्कीका छोरी १३ बर्षीया करिश्मा सार्की र ११ बर्षकी सुजु सार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । सर्पले टोकेका दिदीबहिनीको उपचारको क्रममा भारतको बहराईच सिरसीया मृत्यु भएको हो ।

 

प्रकाशित मिति : २०७६ साउन २४ गते शुक्रवार
प्रतिक्रिया