त्रिशूलीमा बस खस्यो, चार जनाको ज्यान गयो

तुलसीपुर,२४ साउन ।
सर्लाहीको मलङ्गवाबाट काठमाडौँ जादै गरेको ना ६ ७४६९ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान ३ बजे त्रिशूली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका १६ जनालाई उद्धार गरेर अस्पताल लगिएको र २५ जना हराइरहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बेपत्ताहरुको खोजी भइरहेको बताए ।

उनले कति जना बेपत्ता छन् भन्ने यकिन नभएको बताए । बेपत्ता भएकाहरुको खोजी भइरहेको छ । प्रहरी उपरीक्षक बैदवारले चालक निदाएपछि दुर्घटना भएको हुन सक्ने बताए । अहिले घटनास्थलमा स्थानीय बासिन्दासहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू उद्धारमा खटिएका छन् ।

प्रकाशित मिति : २०७६ साउन २४ गते शुक्रवार
प्रतिक्रिया