विषादी सेवनबाट तुलसीपुरमा एक वालिकाको मृत्यु

तुलसीपुर,२४ साउन ।

विषादि सेवनबाट तुलसीपुरमा एक बालीकाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १२ निवासि जल बहादुर चौधरीकी छोरी बर्ष १२ कि दिपिक्षा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चौधरीले विहिवार साझ आफ्नै घरमा सल्फास नामक विषादि सेवन गरेकि थिईन ।

उनको राप्ती लाईफ केयरमा उपचारको क्रममा राती नै मृत्यु भएको हो । शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको प्रहरी प्रबत्ता विनोद विक्रम शाहले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७६ साउन २४ गते शुक्रवार
प्रतिक्रिया