रुख ढल्दा दुई जना घाईते

धरान । सुनसरीको धरान –१८ स्थित वीपी कोईलारा स्वास्थ विज्ञान प्रतिष्ठान परिसर भित्र रुख ढलेर टेम्पू किच्दा एकै परिवारका दुई जना घाइते भएका छन् ।
रुख ढल्दा को २ ह ५५७५ टेम्पू पूर्ण रुपमा क्षती भएको छ । सोही रुखले पैदलयात्रुलाई लाग्दा उनीहरु घाइते भएका हुन् ।

प्रतिष्ठानको ओपीडी अगाडी बिहीवार दिउसो साढे १२ बज सखुवाको रुख ढल्दा धनुषा जिल्ला, जनकपुर उपमहानगरपािलका वडा नं १४ मुजेल्लीया चोक घर भएका वर्ष २० की श्रमती अञ्जना यादव र उनकै श्रीमान वर्ष २२ का श्रीमान जितेन्द्र यादव रहका घाईते भएका छन् ।

घाईते दुबैको प्रतिष्ठानमा उपचार भईरहेको प्रतिष्ठान प्रहरीले जनाएको छ । घाईते मध्ये अन्जनाको दाहिने हात खुटटा तथा जितेन्द्रको शरिरका बिभिन्न भागमा चोट लागेको छ ।

प्रकाशित मिति : २०७६ साउन २३ गते बिहिवार
प्रतिक्रिया