तुलसीपुर ११ मा विद्युत मिटर बक्स निशुल्क वितरण

तुलसीपुर, २२ साउन । सरकारले अति विपन्न वर्गका नागरिक तथा सांस्कृतिक महत्वका सम्पदाहरुलाई निशुल्क विद्युत मिटर बक्स वितरण तथा जडान गर्ने कार्यक्रम अन्र्तगत तुलसीपुर ११ मा मिटर बक्स निशुल्क वितरण गरीएको छ । नेपाल बिद्युत प्राधिकरण तुलसीपुर बितरण केन्द्रले बुधवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी ३० वटा मिटर निशुल्क वितरण गरेको हो । कार्यालय प्रमुख दिपकजंग चौधरीको अध्यक्षता एवं तुलसीपुर ११ का वडा अध्यक्ष चित्र बहादुर वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यालयका सुपरभाईजर विक्रम कुमार हमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यालयका प्रशासनिक प्रमुख युवराज विष्टले गरेका थिए । कार्यालयले गएको मंगलवार तुलसीपुर वडा नम्वर २ मा पनि एक कार्यक्रमको आयोजना गरी २० वटा मिटर बक्स निशुल्क वितरण गरेको बताईएको छ ।

प्रकाशित मिति : २०७६ साउन २२ गते बुधवार
प्रतिक्रिया