कर्मचारीले सामुहिक राजीनामा दिए तत्काल स्वीकृत गर्ने

काठमाडौं । निजामती कर्मचारीले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने कानूनी व्यवस्था हुने भएको छ । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा कर्मचारीले सामूहिक राजीनामा दिनुको औचित्य पुष्टि भए सरकारले स्वीकृत गर्ने सहमति भएको हो ।

बुधबार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले विधेयकमा समावेश गरिएको निजामती कर्मचारीले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने प्रावधान पारित गरिएको हो । विधेयकको दफा १२१ मा निजामती कर्मचारीले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने प्रावधान राखिएको थियो । त्यसमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदबीच मत बाझिएको थियो ।

त्यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र सोही मन्त्रालयका सचिव यादव कोइरालाको पनि मत विभाजित भएको थियो ।
चिकित्सकले सामूहिक राजीनामाको धम्की दिएर सरकारलाई अनावश्यक दबाब दिने काम गरेपछि सरकार नियन्त्रणका लागि कानूनी व्यवस्था गर्न बाध्य भएको हो ।

 

प्रकाशित मिति : २०७६ साउन २२ गते बुधवार
प्रतिक्रिया