भूकम्प प्रभावित १४ जिल्लामा बृहत विद्यालय सुरक्षा न्यूनतम प्याकेज सुरु हुँदै

काठमाडौ, २२ साउन । बृहत विद्यालय सुरक्षाको न्यूनतम प्याकेज कार्यान्वयनको लागि भूकम्प प्रभावित १४ जिल्लाका सम्पूर्ण विद्यालयहरुमा अभिमुखिकरण हुने भएको छ । त्यसको लागि सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले भूकम्प प्रभावित १४ जिल्लाका २० अभियान्तालाई क्षमता विकास तालिम दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बृहत विद्यालय सुरक्षाका लागि न्यूनतम प्याकेज, कार्यान्वयन कार्याविधि र सञ्चार सम्प्रेषण रणनीति लगायतका सन्दर्भ सामग्रीहरु तयार पारिएको जनाएको छ ।

उक्त न्यूनतम प्याकेज र सन्दर्भ सामाग्रीलाई स्थानीय सरकारले आफ्नो नीति, कार्यविधि र योजनामा समावेश गरेर बृहत विद्यालय सुरक्षा न्यूनतम प्याकेजको कार्यान्वयन गर्नेछ । पहिलो चरणमा उक्त भूकम्प प्रभावित १४ जिल्लाका एकसय ३१ स्थानीय तहमा यस बारे अभिमुखिकरण गरिने विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका कार्यक्रम अधिकृत ललिता तामाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६ साउन २२ गते बुधवार
प्रतिक्रिया