बस दुर्घटना हुदा १४ जना घाईते

तुलसीपुर, २१ साउन । दाङको घोराही उपमहानगरपालिका वडा नंम्वर १० स्थित गुर्जे खोलामा यात्रुबहाक बस दुर्घटना हुँदा १४ जना घाईते भएको प्रहरीले जनाएको छ ।तुलसीपुरबाट नारायणगढ तर्फ जाँदै गरेको ना ६ ख ६४३१ नम्बरको बस मंगलबार दिउँसो पौने १ बजेतिर दुर्घटना भएको हो । बसले अर्को बसलाई ओभरट्याक गर्ने क्रममा बस दुर्घटनामा परेको प्रहरीले बताएको छ । दुर्घटना परि घाईते भएका तुलसीपुर ३ दमारगाउँ निवासी २३ वर्षिय सुदन पुन र तुलसीपुर १९ बस्ने २८ वर्षिय कमल खत्री लगाएत अन्य घाईतेहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचार भईरहेको छ । घाईते सबैको अबस्था सामान्य रहेको प्रहरीले बताएको छ ।बस चालक भने फरार रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७६ साउन २१ गते मङ्गलवार
प्रतिक्रिया