दुई स्थानमा आगलागी हुदा दुई घाईते

तुलसीपुर , २१ साउन । दाङका छुट्टाछुट्टै दुई स्थानमा आगलागी हुदा दुई जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार तुलसीपुर ५ रानीजरुवा स्थित लाल बहादुर विकको घरमा मंगलवार विहान ८ वजे तिर विद्युत सर्ट हुदा ग्यासमा आगलागी भएको हो ।आगलागीबाट घर भित्र रहेकी लाल बहादुर विककी श्रीमती अन्दाजी ४० बर्षिया शोभा विक घाईते भएकोृ र उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर्मा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । यस्तैगरी तुलसीपुर १२ टरिगाउँ स्थित ज्ञानु केसीले खाना पकाउने क्रममा ग्यास लिग भएर आगलागी हुदा उनी घाईते भएको बताईएकोृ छ । उनको पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको बताईएको छ ।

प्रकाशित मिति : २०७६ साउन २१ गते मङ्गलवार
प्रतिक्रिया