तेक्वान्दो च्याम्पियनसिप खेलमा दोस्रो बने तेज बहादुर

तुलसीपुर, २१ साउन । तुलसीपुर ५ निवासी तथा दाङ जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो सहायक प्रशिक्षक तेज बहादुर विकले अन्र्तराष्टिय तेक्वान्दो च्याम्पियनसिप अन्र्तगतको खेलमा दोस्रो स्थान हासील गर्न सफल भएका छन् । यहि साउन ११ देखी १२ गते सम्म बैंककमा भएको सन् २०१९ को पाचौँ हिरोज अन्र्तराष्टिय तेक्वान्दो च्याम्पियनसिप अन्र्तगतको खेलमा उनी दोस्रो भएका हुन् । प्रतियोगितामा २३ वटा देशको सहभागिता रहेको थियो । ५० वर्ष उमेर समुहका खेलाडीहरु विच भएको खेलमा उनले दोस्रो स्थान हासील गदै मेडल र प्रमाणपत्र हात पारेका छन् ।

प्रकाशित मिति : २०७६ साउन २१ गते मङ्गलवार
प्रतिक्रिया